काठमाडाैँ- सत्तारुढ गठबन्धनकाे एक घटक माओवादी केन्द्रले एमसीसीमाथि मतदान हुने संसद् बैठकलाई बहिष्कार नगर्ने प्रष्ट्याएकाे छ । संसद् बैठकमा उपस्थित नै भएर विपक्षमै मतदान गर्ने उल्लेख गर्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले भनेका छन्— ‘अनुपस्थित हुन्छ र गठबन्धन जाेगाउँछ भन्ने समाचार भ्रमपूर्ण छ । हाम्राे दल माओवादी केन्द्र संसद्मा उपस्थित हुन्छ र विपक्षमा मतदान गर्छ ।’
पार्टीकाे ८औं महाधिवेशनले निकालेकाे निष्कर्ष पनि यही रहेकाे नेता श्रेष्ठकाे भनाइ छ । ‘हाम्रो पार्टीले ८औं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभाैमिकता, स्वाधीनता र हितप्रतिकूलका प्रावधानहरूलाई संशाेधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसद्बाट पारित नगर्ने, हामी यहीँ कायम छाैँ,’ नेता श्रेष्ठले भनेका छन् ।
यसअघि विभिन्न सञ्चारमाध्यमहरूमा आएका ‘माओवादी अनुपस्थित हुन्छ र गठबन्धन जाेगाउने खेलमा लाग्छ’ भन्ने समाचार भ्रमात्मक भएकाे उनकाे भनाइ छ । ‘कसले यस्ताे भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ, सावधान !,’ नेता श्रेष्ठले भनेका छन् ।
0