×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानकाे तोचिगी केनमा पहिलोपटक नेपाल फेस्टिबल हुने

जापानकाे तोचिगी केनमा पहिलोपटक नेपाल फेस्टिबल हुने

जापान — जापानको तोचिगी केनमा पहिलोपटक नेपाल फेस्टिबल हुने भएको छ ।  आगामी जुन २१ तारिख शनिवारका दिन तोचिगी केनको उचुनोमियामा नेपाली कला,संस्कृति, भेषभूषा, भाषा र पहिचान झल्कने गरि सास्कृतिक कार्यक्रम सहित नेपाल फेस्टिवल हुने भएको हो । गैर आवासीय नेपाली संघ  (एनआरएनए) तोचिगी क्षेत्रको आयोजनमा हुन लागेको फेस्टिवलमा नेपाली परम्परागत नाच गान, विविध सांस्कृतिक कार्यक्रमहरू,बालबालिकाका रमाइला खेलकुद, महिलाहरूका आकर्षक प्रस्तुति, युवाहरूको ऊर्जा र ज्येष्ठ नागरिकहरूको अनुभवहरु समेटिने आयोजक सस्थाले जानकारी दिएको छ। “रितिरिवाज, संस्कृति र एकताको जय घोषसहित” भन्ने मुल नारासहित आयोजना हुन लागेको फेस्टिवलमा नेपाली मम, सेलरोटी, गुन्द्रुक, भुटेको मासु, चिया, ढिंडोदेखि लप्सी अचार जस्ता नेपाली परिकारका स्टलहरु पनि हुनेछ ।  

प्रतिकृया दिनुहोस्