×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल र पुलिस खेल्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल र पुलिस खेल्दै

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कोरोना संक्रमणका कारण नवौं चरणमा  स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आज हुँदै छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण स्थगित गरेको पुलिस र च्यासलबीचको खेल दिउँसो १ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा गर्न लागेको हो। यसअघि २२ गते नै प्रतियोगिता गर्ने तयारी गरे पनि खराब मैदानका कारण खेल बुधबार (२६ गते) का लागि सारिएको थियो।

यसअघि यो खेलको वास्तविक सेड्युल भने २ माघका लागि रहेको थियो। तर च्यासलका १९ जना खेलाडी एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो।

जारी सिजन पुलिस र च्यासल दुवै टोली लिग अंक तालिका सुधारमा संघर्षरत रहेका छन्। उत्कृष्ट प्रदर्शन गर्न नसकेका दुवै टीम नवौं चरणमा स्पष्ट तीन अंकको खोजीमा छन् । अझ च्यासलमाथि रेलिगेसन जोन छोड्नु पर्ने दबाब रहेको छ। लिगमा पुलिस ८ खेलको समाप्तिमा  ७ अंक जोडेर ११औं स्थानमा रहेको छ।

पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हार भोगेको छ। त्यस्तै खराब प्रदर्शनको सिकार भएको च्यासल ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ। १३औं स्थानमा रहेको च्यासलले १ जित, २ बराबरी र ५ हार भोगेको छ। लिगका १० औं चरणका खेलहरू २८ माघबाट शुरू गर्ने एन्फाले जनाएको छ।

प्रतिकृया दिनुहोस्