×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरी- सुनसरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । दुहबी नगरपालिका ३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट एक थान कटुवा पेस्तोलसहित ईटहरी उपमहानगरपालिका १२ खनारका सुशील साह पक्राउ परेका हुन् ।

हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्