काठमाडौँ- साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ बिन्दुमा आइपुगेको छ । यस दिन ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर २ अर्ब ५९ करोड ५३ लाख २१ ह्जार ८ सय १३ रुपैयाँमा किनबेच भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेय यस दिन ५.०२ अंकले घटेर ४७४.३७ बिन्दुमा ओर्लिएको छ ।
यस दिन कारोबारमा आएका कम्पनी मध्ये १ सय ६७ कम्पनीको सेयर मूलय घटेको छ । २१ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल, नेस्डो
समृद्ध लधुवित्तलगायत कम्पनस्को सेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्स, सानिमा लाइफलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन सबै समूह घटेको छ ।
0