काठमाडौँ- चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा र पछिल्लो समयका निकै चर्चित मोडल गरिमा शर्मा अभिनित म्युजिक भिडियो ‘जुनकिरी(लालुमै लालुमै २)’ रिलिज भएको छ। रिलिज गीतमा लय/शव्द सुरज थापाको रहेको छ भने सुरजसंगै तारा थापा र बिबेक रकर्सले सो गीत गाएका हुन् । यो गीत सुरज थापाको युट्युव च्यानलबाट बजारमा आएको हो । पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई शिव बिकको निर्देर्शनमा दिपक गिरी एण्ड टिमले छायाँकन गरेका हुन् ।