यदुराम सापकोटा – बाग्लुङ जिल्ला अन्तर्गत नेपाली कांग्रेसका ८५ वटै वडामा पार्टीको १४ औ अधिबेसन सम्पन्न भएको छ। ८५ वडाबाट सभापती र क्षेत्रिय प्रतिनीधीहरु चुनिएर आउनु भएको छ,अब नगर,प्रदेश क्षेत्र,हुदैँ संघिय क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रको महाधिबेसन हुदै छ। कांग्रेसीहरुका लागि कांग्रेस महाधिबेसन ठुलो मेला हो,यस मेलाले बिधान अनुसार अबको कांग्रेस वडा देखी केन्द्र सम्म कस्तो बनाउने ,नेत्रित्व कस्तो बनाउने भन्ने निर्धारण गर्दै छ।नेपाली कांग्रेस पार्टी यहाँ सम्म आउनुमा अग्रज नेताहरुको ठुलो भुमिका छ।
अग्रजहरुले गरेको मिहेनत र शहिदको रगतले बनेको हाम्रो पार्टीको संगठनमा ,अग्रजहरुको योगदानको मुल्याङ्कन र सम्मान हामी नयाँ युवाहरुको केही शब्दहरुले मात्र हुदैन।अग्रजहरुले जुन उदेश्य प्राप्तीका निम्ती कांग्रेस निर्माण गरे,कांग्रेस निर्माणको लागि बलिदानी गरे,जेल नेल भोगे ,त्यो उदेश्य प्राप्ती अझै भैसकेको छैन।राणाकालमा निर्माण भएको हाम्रो गौरबशाली पार्टी,राणा,राजा,पञ्चायती ब्यबस्था सबैलाई परास्त गर्दै गणतन्त्रमा आईपुगेको छ।गणतन्त्रमा आईपुग्दा पार्टी नेत्रित्वमा धेरै भन्दा धेरै अग्रजहरुको योगदान र बलिदान छ।उहाँहरुको योगदान र बलिदानलाई आत्मसात गर्दै ,नेपालको नयाँ संविधान अनुसार नँया संरचना अनुसारको पार्टी नेत्रित्व निर्माण गरी,अग्रजहरुले पार्टी निर्माणमा राखेको उदेश्य प्राप्ती गर्नु छ।
बिपीले प्रतिपादन गरेको प्रजातांत्रिक समाजबाद सम्म पुग्नु छ।हिजो योगदान गर्दै आएको पाको पुस्तामाको राजनितीक यात्रामा अझै कती थकान भेटिदैन ,किनकी पार्टी निर्माण गर्दाको उदेश्य सम्म पार्टी नपुगेकोले ,अग्रजहरुले अझै त्यहाँ सम्म पुग्न सँघर्ष गरेको देखिन्छ।तर हामी नयाँ पुस्ताहरुले अब आफैले बुझ्नुपर्छ कि अब हाम्रा अग्रजहरु थाक्नु भएको छ,उमेरले पाको भएको पुस्ताको काधँमा बोक्नै नसक्ने गरी जिम्मेदारी बोकाउदा ,काँधले नधान्न सक्छ,त्यसैले अब छोरा नातीहरुले हजुरबा र बा हरुको काँधलाई हल्का बनाईदिनु नै अग्रजहरु प्रतीको सबैभन्दा ठुलो सम्मान हुनेछ।
वडा तह र पालिका तह सम्मको अहिलेको अबस्था हेर्दा हजारौ युवा नयाँ साथीहरु ,वडा सभापती र क्षेत्रिय प्रतिनीधी चुनिएर आउनु भएको छ,नगर ,प्रदेश,क्षेत्र ,जिल्ला, र केन्द्र सम्म नै यसपाली नँया अनुहार ,पार्टीको नेत्रित्वमा ,तन्नेरी पुस्ताको वर्चस्व हुने देखिएको छ।यही वर्चस्व लाई कायम राख्न,अग्रजहरुको कांधमा रहेको भारीलाई हल्का बनाउन देशै भरी युवाहरुले आट र साहस गर्नुपर्ने देखिन्छ। नेत्रित्व भनेको खोसेर लिने हो ,नेत्रित्व कसैले दिएर लिने हैन।नँया पुस्ता पनि अब पार्टीको केन्द्र सम्म नेत्रित्व लिन पुग्नै पर्छ।
युवाहरुले नेत्रित्वमा पुग्न साहस देखाएर देशैभरीका युवाहरुमा आशा जगाउनु आवश्यक छ।यसै क्रममा म आफुपनि बाग्लुङ क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिबेशन प्रतिनीधीको प्रत्यासी हुने यात्रामा अगाडी बढीसकेको छु१मेरो उमेदवारी कही कतै बार्गेनिङको बिषय हैन,मेरो उमेदवारी म एक्लै भएपनि सत्य हो।तँ फुच्चे छस ,उमेर भएको छैन भन्ने आदरणिय अग्रजहरुलाई सम्मान गर्दै ,म फुच्चे हुँ या हैन मेरो कामबाट आगामी दिनमा जवाफ दिदै जानेछु।मेरो क्षेत्रबाट सम्पुर्ण वडा सभापती र क्षेत्रिय प्रतिनीधीहरुले मेरो उमेदवारीमा सहमत जनाईदिनुहुनेछ भन्ने बिश्वास म आफुलाई छ।
त्यही आत्मबिश्वास बोकेर म मैदानमा निस्केको छु।मैदानबाट मतमार्फत बाहिरिनु परेपनि मलाई पछुतो रहने छैन,अर्को पटक झनै तिखारिदै जाने छु।पार्टी संगठनलाई बलियो बनाउन ,म जितेपनि हारेपनि निरन्तर लागिरने छु।म उमेदवारीबाट पछाडी हट्ने भन्ने कुरा मेरो मनमा कतै पनि छैन,मेरो उमेदवारीले धेरै युवासाथीहरुलाई नेत्रित्व लिन साहस गर्नु पर्छ भन्ने सन्देश दिएको छ,धेरै युवा साथीहरुमा उत्साह सिर्जना गरेको छ,त्यो उत्साह परिणाममा बदलिनेमा,मेरो पक्षमा नतिजा आउनेमा म ढुक्क छु ।
बाग्लुङ क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिबेसन प्रतिनिधीमा प्रत्यासी बन्दै गरेका २७ बर्षिय यदुराम सापकोटा सँगको कुराकानीमा आधारित