×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हरायो

अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हरायो


एजेन्सी - पाकिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तान ६ विकेटको ऐतिहासिक जित निकालेको छ। उसले क्रिकेट इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई कुनै पनि प्रारूपमा हराउन सकेको थिएन ।

गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको ९३ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद नाबीले ३८ बलमा तीन चौका र एक छक्कासहित अविजित ३८ रन बनाए ।

नाजिबउल्लाह जद्रानले २३ बलमा दुई चौकाको मद्दतमा १७ रनको योगदान दिए । रहमानउल्लाह गुर्बाजले १७, इब्राहिम जाद्रानले ९ र करिम जनतले ७ रन जोडे । 
पाकिस्तानका लागि इहसानुल्लाहले दुई, नसिम शाह र इमाद वसिमले एक/एक विकेट लिए । त्यसअघि शारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनायो ।

उसका लागि इमाद वसिमले १८, सैम अयुबले १७, तयाब ताहिरले १६, कप्तान शादब खानले १२, मोहम्मद हरिसले ६ रन बनाए । अफगानिस्तानका फजलहक फारुकी, मुजीब उर रहमान, मोहम्मद नाबीले दुई/दुई, कप्तान राशिद खान, नवीन उल हक र आजमतुल्लाह ओमरजाईले एक/एक विकेट हात पारे ।

योसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ । पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो टी–२० खेल आइतबार हुनेछ । 

प्रतिकृया दिनुहोस्