काठमाडौँ - सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएपछि रिक्त पदमा पाण्डे नियुक्त भएका हुन् ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार पाण्डेले माघ १२ गतेदेखि नै बैंकको नेतृत्व सम्हालेका छन् ।
पाण्डे वि.स. २०७० सालदेखि सानिमा बैंकमा कार्यरत छन् । उनी गत असोजदेखि नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन्।
बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव भएका पाण्डेले यसअघि नविल बैंकमा १८ बर्ष बिताएका थिए । उनी सानिमा क्यापिटलमा सञ्चालकसमेत रहेका थिए ।