×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंमा विद्युतीय माइक्रो बस सञ्चालनमा

काठमाडौंमा विद्युतीय माइक्रो बस सञ्चालनमा

काठमाडौँ - चौधरी ग्रुप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाडौँका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ । 


एउटा डिजेल माइक्रो बस दैनिक १५०-२०० किमि चल्दा रु ५०००-७००० डिजेल खपत हुने देखिन्छ । सो हिसाबले काठमाडौँमा सञ्चालनमा रहेका ३००० डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुन सक्ने बताइएको छ ।

किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन् । विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सिएटिलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एक पटक फुल चार्ज गर्दा ३०० किमि चल्ने कम्पनीले उल्लेख गरेको छ । १८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको छ । हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको जानकारी दिँदै  कम्पनीले नेपाल भर ३० स्थान भन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँ मा चार्जर जडान गर्ने लक्ष्य लिएको जनाएको छ ।

काठमाडौँमा ३ ठाउँबाट सर्भिस सुविधा लिन सकिने कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्