×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन जोगाउनमै जाेड छ : प्रचण्ड

गठबन्धन जोगाउनमै जाेड छ : प्रचण्ड

काठमाडाैँ- एमसीसीबारे ‘निर्णायक’ छलफल गर्न केहीबेरमा गठबन्धनका शीर्ष नेताहरू प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा भेला हुँदै छन् । त्याेभन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । नेपालसँगकाे छलफलपछि प्रचण्डले भनेका छन्, ‘हाम्राे प्रमुख जाेड गठबन्धन जाेगाउनेमै हुन्छ ।’ 

शुक्रबार संसद्‌ बैठक बस्दै छ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त बैठकमा एमसीसी टेबुल हुनैपर्ने अडान प्रचण्ड-नेपालसमक्ष राखेका छन् । प्रचण्ड-नेपालले भने यथास्थितिमा कुनै पनि हालतमा एमसीसी टेबुल हुन नहुने र जबरजस्ती भए सरकारबाट बाहिरिने निर्णय गरिसकेका छन् ।

नेपालसँगकाे छलफलपछि प्रचण्डले विवाद समाधान नहुने संकेत गरेका हुन् । उनले सकेसम्म देउवालाई राेक्ने प्रयास गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सकेसम्म गठबन्धन जाेगाउँछाैँ । याे विषयलाई सल्ट्याउने नै हाम्राे भनाइ र जाेड छ ।’

प्रतिकृया दिनुहोस्