×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेबिसंघकी महामन्त्री पाल्पावाट पराजित, देउवा समुह निकै कमजाेर

नेबिसंघकी महामन्त्री पाल्पावाट पराजित, देउवा समुह निकै कमजाेर

पाल्पा । नेपाली कांग्रेस पाल्पामा देउवा पक्ष निकै कमजाेर देखिएकाे छ । पाल्पाकाे दुबै निवार्चन क्षेत्रमा मंसिर ६ गते भएकाे क्षेत्रिय निर्वनचनमा देउवा पक्षका नेताहरूले नराम्राे पराजय भाेग्नुपरेकाे छ । क्षेत्र नम्बर १ वाट  देउवाइतरका नेता झमनबहादुर राजमगर क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्प्रधी देउवा पक्षकाे साथ रहेका बिष्णु बाेमरेलले पराजय भाेग्नुपरेकाे छ ।

अन्य क्षेत्रिय समितीका सदस्यहरू पनि लगभग देउवा इतर समुहवाटै निर्वाचित भएका छन् । यता क्षेत्र न २ मा पनि देउवा पक्ष मानिएका यादवसिंह कार्कीलाइ पराजित गर्दै देउवाइतरका नेता मुक्तिराम जीसी सभापतिमा निर्वाचित भएका छन् । कार्कीलाइ देउवाका बिश्वासपात्र पुर्व सांसद समेत रहेका हरि नेपालकाे साथ रहेकाे थियाे । नेपालकाे साथ मिलेका धेरै नेताहरूले नराम्राे पराजय भाेग्नुपरेकाे छ । 

क्षेत्र नम्बर १ वाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जील्ला सभापतिका लागी दाबेदार ज्ञानबहादुर गाहा, रामपुर नगरपालिकाका मेयर समेत रहेका रमणबहादुर थापा, जिल्ला उपसभापति देवराज ढकाल,माथगढी गाउँपालिका का अध्यक्ष सन्तोषकुमार थापा, पुर्व जिल्ला उपसभापति कृष्णप्रसाद अधिकारी, दानबहादुर पछाई, कल्प पौडेल, शालिकराम पाण्डेय, लक्ष्मण भट्टराइ र खगेश्वर पाठक निर्वाचित भएका छन् ।  

खुला महिलातर्फ गंगा पंगेनी, दुर्गादेवी भण्डारी, पवित्रा ढकाल पौडेल, विष्णुमाया ढकाल निर्वाचित भएका छन् भने जनजाति महिलातर्फ नरिसरा गाहा, मुना थापा, सीमादेवी थापा निर्विरोध निर्वाचित भएका हुन् । खस आर्य खुल्ला तर्फवाट खिम ब क्षेत्री निर्वाचित भएका छन् । खस आर्यकै महिलाकाेटावाट  विजया भट्टराई निर्विरोध निर्वाचित भएकी हुन् ।  जनजाति खुलातर्फ सन्दीप राना, विष्णुकुमार थापा, पूर्णबहादुर सोती र दिल बहादुर ढेंगा निर्वाचित भएसगैँ  दलितबाट अर्जुन विक निर्वाचित भए भने समावेशी समूहमा हजुलदिन मियां निर्विरोध भएका छन् । रामपुर नगरपालिकाकी उपमेयर बिष्णुदेवि आचार्य भने महिला खुल्लावाट महाधिवेशन प्रतिनिधीमा पराजित भएकी छिन् । 

यता क्षेत्र न २ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ पाल्पा जिल्ला सभापति तथा बर्तमान लुम्बिनी प्रदेश सरकारका उर्जा तथा जलस्राेत्र मन्त्री  बीरबहादुर राना, नेविसंघकाे गत महाधिवेशनमा महामन्त्रीमा उपविजेता बनेका  हिमालदत्त श्रेष्ठ सहित कृष्णप्रसाद बस्याल, यमलाल तिमिल्सेना, मेजरसिंह केसी, विद्यान प्रसाद श्रेष्ठ, झपेन्द्र गैरे, शंकर रायमाझी, महेन्द्रप्रसाद पाण्डेय, रामेश्वर पन्थी निर्वाचित भएका भएका छन् । महिलातर्फ धनकला गाहा, सुनिता अधिकारी, शान्ता बोहोरा, लालकुमारी राना निर्वाचित भएका हुन्  ।

खसआर्यतर्फ राम कार्की र शिवचन्द्र खनाल, जनजनति खुलातर्फ कृष्णबहादुर राना, नलबहादुर राना मगर र राजेन्द्र गोपाल सिंह निर्वाचित भएका हुन् । दलिततर्फ लक्ष्मण हितांङ र अल्पसंख्यममा जमिला मिया निर्वाचित भएका छन् । खस आर्य महिलामा कान्ता अधिकारी र बसन्ती घिमिरे, जनजाति महिलातर्फ शान्ति झेडी र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् । देउवा पत्नी आरजु राणाकी निकै नजिककी पात्र  देउवाकै काेटावाट नेविसंघकाे महामन्त्रीमा नियुत्त भएकी नेविसंघकी महामन्त्री महेश्वरी कुवँर भने महिलाकाेटावाट महाधिवेशन प्रतिनिधीमा पराजित भएकी छिन् 

प्रतिकृया दिनुहोस्