काठमाडाैँ- एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरू गरेको नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण शुरू गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।
प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौती रहेको बताए । दक्षिण एसियाली खेल्ने राष्ट्रलाई एसिया कप खेल्ने कुरा ठूलै भएको बताउँदै नेपाल र एसियाकपको स्तर निकै फरक हुने पनि उल्लेख गरे ।
अझै नेपाली फुटबलको स्तर सुधार गर्नका लागि धेरै बाँकी रहेको बताउँदै केही हदसम्म आशावादी भने रहेको उनले बताए । उनले अहिलेको अवस्थामा फुटबलको विकासका लागि तलबाटै फोकस हुनुपर्नेमा नेपालमा त्यस्तो हुन नसकेको जिकिर गरे ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनाैट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको शुरूआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
छ ।