×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल अपराजित रहँदै फाइनलमा

नेपाल अपराजित रहँदै फाइनलमा

काठमाडौँ- नेपाल काठमाडौँमा चलिरहेको त्रिदेशीय टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ । शनिबार मलेशियालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहेको हो । २२४ रनको लक्ष्य पाको मलेशिया खेल सकिन १ बल बाँकी हुँदै १३८ बलमा अलआउट भयो । 

मलेशियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे । कुशल भुर्तेल र रोहित पौडेलले टी-ट्वेन्टी अन्तर्राष्ट्रीयमा १/१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटि गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर २२३ रनको विशाल योगफल तयार पारेको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ११० रन बनाए । उनले मात्र ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यो उनको टी ट्वेन्टीमा पहिलो शतक हो । यससँगै उनी टी ट्वेन्टीमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै रोहित पौडेलले ५१ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरे ।

फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्नेछन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि  नेट रनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।

प्रतिकृया दिनुहोस्