नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछि देशबाट एमाले सक्किने दाबी गरेका छन् । शनिबार हेटौँडामा आयोजित एकिकृत समाजवादीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट विभाजित भएर नयाँ यात्रा थालेको बताएका हुन् ।
केपी ओलीको पार्टी (नेकपा एमाले) अर्को चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्छु, उनले भने, अहंकारको घोडा चढेका मान्छेहरु अहिले त्यहाँबाट खसेपछि बर्बराइरुहेका छन् । अबको चुनावले उनीहरुको त्यो बर्बराहट पनि समाप्त गरिदिनेछ । जनताबीचबाट उनीहरु सक्किनेछन् ।
अध्यक्ष नेपालले केपी ओलीसहित एमालेका नेताहरुको काम नै गाली गर्ने भएको टिप्पणी गरे । उनीहरुको काम नै गाली गर्ने हो गरून्, गरिरहुन्, नेपालले भने, हामी कु-बाटोमा जाँदैनौँ, सु-बाटो नै हिँड्छौँ ।