×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संभव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनको पहल गर्छौं : उपाध्यक्ष ज्ञवाली

संभव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनको पहल गर्छौं : उपाध्यक्ष ज्ञवाली

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् । 

हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राखेका थिए । उनले माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे ।

ज्ञवालीले बिगतमा भएका तितामिठा कुरालाई बिर्सँदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि रेका छन् । ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे ।

प्रतिकृया दिनुहोस्