×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

विराटनगर- नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० मत अन्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

प्रतिकृया दिनुहोस्