×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ - बागलुङको बडिगाड गाउँपालिका–१ भलाई भिरबाट लडेर एक महिलाको निधन भएको छ । बडिगाड गाउँपालिका–३ स्थित आफन्तको घरमा कुल पूजाको निम्तो मानेर घर फर्कने क्रममा आफ्नै घरदेखि अन्दाजी एक सय मिटर पूर्वको भीरबाट लडेर भलाई बस्ने बेलबहादुर थापाकी २४ वर्षीय श्रीमती सावित्रा थापाको निधन भएको हो ।मृतक थापाको साथमा रहेका तीन वर्षीय छोरा प्रमिश थापाको निधारमा सामान्य चोक लागेको छ । उहाँको अवस्था सामान्य रहेको इलाका प्रहरी चौकी गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो । कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्