×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनपीएल मिनी अक्सन आज: खेलाडी तान्न टोलीहरूबीच तीव्र प्रतिस्पर्धा

एनपीएल मिनी अक्सन आज: खेलाडी तान्न टोलीहरूबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आज दिउँसो ३:४५ बजेदेखि हुने भएको छ। फ्रेन्चाइज टोलीहरू आफ्नो टोली बलियो बनाउन उत्कृष्ट खेलाडी अनुबन्धन गर्न तीव्र प्रतिस्पर्धामा उत्रिने छन्। अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट हुनेछ।

आजको अक्सनबाट आठ टोलीले आफ्नो टोलीमा बाँकी रहेका कुल ३७ खेलाडी अनुबन्धन गर्नेछन्। यसअघि नै टोलीहरूले गत सिजनका ५१ खेलाडीलाई 'रिटेन' गरिसकेका छन्।

सबैको नजर श्रेणी ‘ए’ का खेलाडीमा

अक्सनमा सबैको ध्यान सर्वाधिक आकर्षक मानिएको श्रेणी ‘ए’ मा रहेका खेलाडीमाथि केन्द्रित छ। यस श्रेणीमा राष्ट्रिय टोलीका चर्चित अनुहारहरू समावेश छन्:

विकेटकिपर/ब्याट्सम्यान: अर्जुन साउद, दिलिप नाथ
ब्याटर: देव खनाल, शरद भेषावकर
अलराउन्डर: पवन सर्राफ, सुनाम गौतम, मोहम्मद आदिल अन्सारी
बलर: सूर्य तामाङ

स्पट फिक्सिङको आरोपबाट फुकुवा पाएका आदिल आलम र अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई कुन टोलीले कति मूल्यमा अनुबन्धन गर्छ भन्ने विषय निकै चासोको बनेको छ।

एनपीएलका लागि कुल ४५८ खेलाडीले नाम दर्ता गराएकोमा १५० खेलाडी मात्र अक्सनको अन्तिम सूचीमा परेका थिए। आज ३७ खेलाडी मात्र बिक्री हुने हुँदा ११३ खेलाडी यसपटकको लिग खेल्नबाट वञ्चित हुनेछन्, जसले अक्सनलाई थप रोमाञ्चक बनाएको छ।

प्रतिकृया दिनुहोस्