×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर बजारमा ऐतिहासिक उछाल, नेप्से करिब ४ वर्षपछि ३००० विन्दुमाथि

शेयर बजारमा ऐतिहासिक उछाल, नेप्से करिब ४ वर्षपछि ३००० विन्दुमाथि

काठमाडौं - मंगलबार शेयर बजारमा ऐतिहासिक उछाल देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको हो, जुन करिब चार वर्षयताकै उच्च विन्दु हो । यो विन्दु २०७८ साल भदौ १३ गतेपछिको सबैभन्दा उच्च हो । सोही वर्षको भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको कीर्तिमान बनाएको थियो । कारोबारका क्रममा मंगलबार नेप्से एक समय ३०२८ अंकसम्म पुगेर केही तल झर्दै बन्द भएको हो ।

आज दिनभर कुल १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यद्यपि, यो कारोबार रकम अघिल्लो दिनको १९ अर्ब ३६ करोडको तुलनामा भने केही कम हो । बजार बढेको दिन १७६ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको भने घट्यो । समूहगत रूपमा हेर्दा, अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढ्यो भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा र माइक्रोफाइनान्स लगायतका समूहहरू पनि सकारात्मक रहे । तर, व्यापार, विकास बैंक र फाइनान्स समूहको उपसूचकमा भने सामान्य गिरावट देखियो ।

आज चारवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । नयाँ सूचीकृत भएको ट्रेड टावरको मूल्य प्रतिकित्ता ८६२.७० रुपैयाँ पुगेको छ । अर्कोतर्फ, समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् कम्पनी अग्रस्थानमा रहे ।

प्रतिकृया दिनुहोस्