×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षका शर्मा विजयी

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षका शर्मा विजयी

 बुटवल - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् ।
निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । केही बेरअघि ११ सय मत गन्दा शर्माको ५८५ मत र जोशीको ५१० मत रहेको थियो । 
गण्डकी प्रदेशमा एक हजार १६० मतदाता रहेकामा ११ सय ४६ मत खसेको थियो । बाँकी गन्न सबै मत जोशीको पक्षमा आउँदा पनि शर्माले जितिसकेका छन् ।  
पार्टीका अन्य पदाधिकारीमध्ये केही पदमा शर्मा समूहकै अग्रता देखिएको छ । 

प्रतिकृया दिनुहोस्