भरतपुर- भरतपुर–१० मा रहेको आदर्श नारी विकास केन्द्रले २९ औं वार्षिक साधारण सभा गरेको छ । केन्द्रका सचिव पृथ्वीदेवी सुवेदीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भगवती सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केन्द्रले महिला शशक्तिकरण, हिसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको छ । साधरणसभाको उद्घाटन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महिला हकअधिकारका लागि एक्यवद्ध हुन आग्रह गर्नुभएको छ ।
उहाँले नारी जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख अधिकारीले संस्थाको भवन निर्माणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । केन्द्रले आदर्श बचत तथा ऋण सहकारी सस्था, आदर्श बालगृह, आदर्श नारी क्लिनिक लगायतका दर्जनौं सस्थाहरु सञ्चालनमा ल्याएको छ । त्यस्तै संस्थाका आदर्श छात्रवृत्ति कार्यक्रम र आदर्श सासू आमा कार्यक्रमहरु पनि सञ्चालित रहेका छन । भरतपुर महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेल, संस्थाका सल्लाहकार भोजराज कौडाल, उपाध्यक्ष उशा खरेल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष मिना खरेलको अध्यक्षतमा भएको हो ।