×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध

तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ।मौसम पूर्वानुमान महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको जनाएको छ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।महाशाखाले प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ

यसैगरी आज राति प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्