काठमाडौं - इन्डियन प्रिमियर लिग(आइपिएल)मा कोलकाता नाइट राइडर्सले बिजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हरायो ।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो ।
कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे ।
दिनेश कार्तिक २२ रनमा अविजित रहे । हैदरावादका लागि मोहमद नावी र राशिद खानले समान दुई दुई विकेट लिए ।
जवाफमा उत्रिएको हैदारावाद २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिन पुग्यो। राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १० रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका ओपनर डेविड वार्नर तीन रनमा आउट भए भने रिद्धमान शाह सात रनमा आउट भए ।
तेस्रो विकेटका लागि मनिश पाण्डे र जोनी ब्रेस्टोले ९२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।
तर ब्रेस्टो ५५ रनमा आउट भएपछि हैदरावादले एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।
त्यसपछि क्रिजमा आएका मोहम्मद नाबी पनि मात्र १४ रनमा पेभीलियन फर्किदा हैदरावाद दबावमा परेको थियो ।
त्यसपछि आएका विजय शंकरले पनि मात्र ११ रन बनाए भने मनिश पाण्डे ६१ रनमा अविजित रहे ।
यस्तै अब्दुल सामादले १९ रनको योगदान गरे । बलिङमा प्रशिद कृष्णले दुई, सकिव अल हसन, पाट कुमिन्स र आन्द्रे रशेलले एक/एक विकेट लिए ।