×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बुद्ध नेपालमै जन्मिएका हुन्, पाठ्यक्रममा भएका गल्ती सच्याउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्छु : प्रधानमन्त्री ओली

बुद्ध नेपालमै जन्मिएका हुन्, पाठ्यक्रममा भएका गल्ती सच्याउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन आह्वान गरेका छन्।

दुई हजार ५६५ औँ बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा बुधबार सन्देश दिँदै ओलीले भनेका छ्न्, यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र  शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताए। ‘नेपाल  बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो। विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए,’ सन्देशमा भनिएको छ।

सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको बताए।

प्रतिकृया दिनुहोस्