×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षामा लगानीअनुरूप प्रतिफल प्राप्त हुन सकेन : राष्ट्रपति

शिक्षामा लगानीअनुरूप प्रतिफल प्राप्त हुन सकेन : राष्ट्रपति

पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा लगानी अनुरूप प्रतिफल हासिल गर्न नसकेको बताएकी छन् । तर विन्ध्यवासिनी माविले उत्कृष्ट उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गरिन् । 

‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानीअनुरूप अपेक्षित प्रतिफल हासिल हुन नसकेको गुनासो भए पनि विन्ध्यवासिनी लगायत केही विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्दछु’, उनले भनिन् ।

विद्यालयको हीरक जयन्ती समारोह समापनलाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी सबैको सामूहिक प्रयासको खाँचो समेत औँल्याइन् ।

उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत साधन पहिचान गर्दै त्यसको उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य रहेको बताइन् ।

भण्डारीले २१ औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा प्राविधिक शिक्षाको महत्त्वलाई आत्मसाथ गर्नुपर्नेमा समेत जोड दिइन् ।

अत्यन्तै कडा सुरक्षा व्यवस्थाबिच बिहान साढे ११ बजे समारोह स्थल आएकी राष्ट्रपति भण्डारी करिब साढे २ घण्टा बसेकी थिइन् ।

प्रतिकृया दिनुहोस्