काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री भएको एक सय दिन पुगेको छ । असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको सोमबार सय दिन पुगेको हो । सो अवसरमा उनले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।
उनले आफ्नो एक सय दिनमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि तगर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको बताएका छन् । यस्तै उनले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीका बेथिति हटाउन र नयाँ गन्तव्यसँग श्रम सम्झौत गर्न पहल गरेको बताएका छन् । उनले श्रम स्वीकृति लिन कार्यालयमा पुग्नु पर्ने बाध्यता हटाएका छन् ।
यस्तै कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु गर्नुका साथै इजरायलमा श्रमिक र बेलायतमा नर्स पठाउनका लागि तयारी गरेका छन् । यस्तै आन्तरिक रोजगारीतर्फ पनि सुधार गरेको मन्त्री श्रेष्ठले दाबी गरेका छन् ।