काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कृति प्रकाशित भएको छ । संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्म दिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशित भएको हो ।
उनका अनुसार प्रकाशित कृतिमा पूर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन्। उक्त कविता सङ्ग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम् गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए।