विराटनगर - सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पकलीले जनाएको छ ।