×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इजरायल र प्यालेस्टाइनलाई संयम र शान्त हुन नेपालको आग्रह

इजरायल र प्यालेस्टाइनलाई संयम र शान्त हुन नेपालको आग्रह

काठमाडौं - नेपालले इजरायल र प्यालेस्टाइनबीच जारी तनाव कम गर्न आग्रह गरेको छ ।

बुधबार साँझ परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावका बारेमा नेपाल चिन्तित रहेको भन्दै तत्काल युद्ध अन्त्य गर्न माग गरेको हो । मन्त्रालयले दुवै देशले उच्च संयममता अपनाउँदै विध्वशं रोक्न आग्रह गरेको हो ।


‘हामी दुबै पक्षलाई अधिक चोटपटक र विनाशबाट बच्न अधिकतम संयम र शान्त हुन आग्रह गर्दछौं । साथै शान्तिपूर्ण तरिकाबाट समस्या समाधान गर्न आग्रह गर्दछौं’, ट्वीटमा भनिएको छ ।

मंगलबार सशस्त्र प्यालेस्टाइनी विद्रोही समूह हमासले मंगलबार इजरायलतर्फ सयौं रकेट प्रहार गरेको थियो । उक्त रकेट इजरायली सेनाले गाँजा क्षेत्रमा विफल बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बुधबार कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । जसले गर्दा जेरुसेलेमभन्दा बाहिरका सहरमा पनि अस्थिरता फैलिएको छ ।

इजरायली सेनाले ८ सयभन्दा बढी रकेट आफ्नै क्षेत्रमा खसेको र आफ्नो प्रतिरक्षा प्रणालीले २ सयभन्दा बढी रकेटलाई गाजा क्षेत्रमै खसालिदिएको पनि जनाएको छ ।

इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले सावधानीपूर्ण तरिकाले बस्न पनि आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्