×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

तिन कम्पनिकाे बोनस शेयरमा मूल्य समायोजन

तिन कम्पनिकाे बोनस शेयरमा मूल्य समायोजन

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

प्रतिकृया दिनुहोस्