×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

घनश्‍यामले भने- हामी ठूलो दुर्घटनामा परेका छौँ, कोहि पनि सुरक्षित छैनौँ

घनश्‍यामले भने- हामी ठूलो दुर्घटनामा परेका छौँ, कोहि पनि सुरक्षित छैनौँ

काठमाडौँ: एमाले नेता घनश्याम भुसालले संसद जोगाउने कार्यभार पूरा भएको र अब पार्टी जोगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तिम समयमा आएर विश्वासको मत नदिएका भुसालले अब पार्टी जोगाउनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’

आफूहरु ठूलो दुर्घटनामा परेको उल्लेख गर्दै उाले कोहि पनि सुरक्षित नरहेको तर्क गरेका छन् । अब आफूहरु उठ्ने र धुलो टक्टक्याउॅदै अगाडि बढ्ने समेत उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्