चितवन- चितवन क्षेत्र नं २ बाट निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा अहिले नै सोच बनाइनसकेको बताए । जितपछि सभापति लामिछानेले भने, ‘निर्वाचनको सम्पूर्ण नतिजा नआइसक्दा यस विषय सरकारमा जानेमा कुनै निर्णय गरेका छैनौँ ।’
उनले निर्वाचनको परिणामले आफ्नो पार्टीलाई कुन साइजमा राख्नेछ अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘सरकारमा जाने नजाने विषयमा विकल्प खुला राख्छौँ, तर अहिले नै सरकारमा सहभागी हुन्छौँ भनेर भन्न हतार हुन्छ ।’ उनले अहिले नै कुनै पार्टीसँग सरकारमा जाने विषयमा छलफल नभएको बताए ।
उनले जनताले आफूलाई परीक्षाको लागि पठाएको हुनाले म जाँचमा जान लागेको बताए । उनले भने, ‘राम्रो अंक ल्याएर पाँच वर्षपछि म पास हुन्छु ।’ उनले आफूले चुनेका उमेदवारहरु कुनै नै कुनै क्षेत्रमा क्षमतावान भएको र जनताले त्यो क्षमता बुझेर नै भोट दिएको बताए । उनले १३३ क्षेत्रमा उमेदवार बनाएको र ती उमेदवारहरु कुनै न कुनै क्षेत्रमा क्षमतावान रहेको दावी गरे ।