×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जातजातिलाई फुटाएर देशको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

जातजातिलाई फुटाएर देशको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राखिएको कुरालाई सच्याइने बताएका छन् । 

शुक्रबार नेपाल मगर संघले भूमे÷भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनगणना २०७८ मा पुन मगरलाई छुट्टै जातिको रूपमा राखेर त्रुटि गरिएको कुरालाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । उनले पुन मगर लगायतका अन्य जनजातिहरूलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएको बारेमा आफूलाई जानकारी नभएको भन्दै गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको बताए । 

प्रधानमन्त्री प्रचण्डले जातिहरूलाई फुटाएर देशको हित नहुने बताए । उनले त्रुटि सच्याउने प्रक्रिया अगाडि बढिसकेको पनि उल्लेख गरे । 

उनले मगर समुदायले राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई सम्मान गर्दै आफूले मगर समुदायका नेताहरूलाई उपराष्ट्रपति, सभामुख, रक्षामन्त्री, अर्थमन्त्री, राष्ट्रिय सभा सदस्य लगायतमा अघि सारेको पनि बताए । 

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले मगर समुदायलाई जातीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरिन् । 

प्रतिकृया दिनुहोस्