×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौं- टी-२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेकाे जनाएको छ । त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेकाे छ ।

क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

खेलकाे लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल,आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव रहेका छन् ।

प्रतिकृया दिनुहोस्