एजेन्सी- भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर मर्नेहरूकाे संख्या १८ पुगेकाे छ। यसैगरी १८ जना घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएकाे छ। पहिराेमा परी ५० भन्दा धेरै बेपत्ता भएकाे अनुमान गरिएकाे छ।
जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो। भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीयहरू पनि खोजी कार्यमा जुटिरहेको छन्।