काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार शुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ । हालसम्म विभिन्न १७ जिल्ला र दुई गैरभौगोलिक सर्वसम्मत अध्यक्ष छानिएका छन् ।
अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन् भने नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भए । नेता महेश बस्नेतको पकड रहेको भक्तपुरमा बचन देउजाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।
एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाउँदा नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बनेका छन् ।
कुन जिल्लामा को ?
प्रदेश १
झापा : दीपक कार्की
मोरङ : ऋषिकेश पोखरेल
खोटाङ : रामप्रसाद दंगाल
धनकुटा : ईन्द्रमणी पराजुली
प्रदेश २
सप्तरी : ताराकान्त चौधरी
बागमती
धादिङ : भूमि त्रिपाठी
काभ्रेपलान्चोक : अशोक ब्याञ्जु
भक्तपुर : बचन देउजा
गण्डकी
गोरखा : प्रेम गुरुङ
लुम्बिनी
पाल्पा : धनेन्द्रराज घिमिरे
गुल्मी : बालकृष्ण काउछा मगर
अर्घाखाँची : पीताम्बर भुसाल
बाँके : किस्मत कुमार कक्षपति
बर्दिया : लालबहादुर श्रेष्ठ
दाङ : हुकुम बहादुर बस्नेत
कर्णाली
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
पेसागत विशेष : उमेश ढकाल
मजदुर विशेष : जितेन्द्र श्रेष्ठ