×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह

काठमाडौँको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह

काठमाडौँ- उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। काठमाडौँ महानगरले एक सूचना जारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली-१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।

महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो। महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्