×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुढीगंगामा फेरि मतदान गर्न कांग्रेसको माग

बुढीगंगामा फेरि मतदान गर्न कांग्रेसको माग

काठमाडौं- नेकपा एमालेले बुथ कब्जा गरेको भन्दै नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्न माग गरेको छ। मतदान सकिएको एक सातापछि कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गरी पुन: मतदानको माग गरेको हो।

वैशाख ३० मा भएको स्थानीय चुनावको मतदानका बेला नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवार तथा प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाएको र बुथ कब्जा गरेको भन्दै कांग्रेसले पुन: मतदानको व्यवस्था मिलाउन माग गरेको छ।

‘सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ। निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कर्फ्यू ) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राजीनामा दिएका मतदान अधिकृतलाई ‘घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट हुन आउछ’ कांग्रेसले भनेको छ।

 

प्रतिकृया दिनुहोस्