×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उकालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ- नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।

चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्