×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोल र डिजेलको मूल्यमा एकैपटक १५ रुपैयाँको भारी वृद्धि

पेट्रोल र डिजेलको मूल्यमा एकैपटक १५ रुपैयाँको भारी वृद्धि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलकाे मूल्य वृद्धि गरिएको जनाएको हाे ।

निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएकाे छ । मूल्य समायाेजनसँगै अब तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यसअघि डिजेल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब बढेर १८२ रुपैयाँ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस्