काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ११ जनाको निधन भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ ।
त्यसैगरी थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक हजार ६८९ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ । देशभरका अस्पतालका आइसीयूमा ४०७ र भेन्टीटरमा १२८ जना संक्रमित उपचाररत छन् ।