×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘मलाई टाढा वा नजिकको दृष्टिले नहेर्नुस्’

‘मलाई टाढा वा नजिकको दृष्टिले नहेर्नुस्’

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई टाढा वा नजिकको दृष्टिले नहेर्न राजनीतिक दललाई आग्रह गरेका छन् । आइतबार (आज) बुटवलमा आयोजिक एक कार्यक्रममा बोल्दै प्रमुख शेरचनले यस्तो आग्रह गरेका हुन् । ‘मलाई कसैले टाढाको वा नजिकको दृष्टिले नहेर्नुहोला,’ प्रमुख शेरचनले भने, ‘कुनै दलले बहुमतसिद्ध गरेपछि निश्चित समयका लागि सरकारको नेतृत्व गर्छ, यो संवैधानिक प्रक्रिया नै हो । सम्वाद, सहकार्य, सल्लाह र सहमतिबाट हामी अगाडि बढ्न सिक्नुपर्छ ।’ द्वेष र पूर्वाग्रहको भावले राजनीति दीगो नहुने प्रमुख शेरचनको भनाइ छ ।

https://youtu.be/XUykX9P8UPA

यस्तै प्रमुख शेरचनले नीतिगत भ्रष्टाचार निर्मूल गर्नुपर्ने बताए । यसले सिङ्गो देशलाई विकासको बाटोमा लान नसकेको उल्लेख गर्दै प्रमुख शेरचनले भने, ‘टेबलमुनिबाट दिइने सानो भ्रष्टाचार होस् या नीतिगत भ्रष्टाचार होस् । अब सबैखाले भ्रष्टाचार निर्मूल हुनुपर्छ । यहाँ त यत्तिसम्म छ कि, ५० अर्बको कुनै कार्यक्रम छ भने त्यहाँबाट १२/१५ अर्ब त कमिसनमै जान्छ । त्यसपछि भइहाल्यो नि भन्ने चलन छ । यो संस्कार अब हटाउनुपर्छ ।’

प्रतिकृया दिनुहोस्