×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा बन्द

अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा बन्द

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिक रूपमा सोधेको जानकारी दिए । अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाइएको छ ।

प्राधिकरणले हिजो एटीसीको नियम उल्लङ्घन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्