×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतीय अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी

भारतीय अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ-भारतीय अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहन्छिन् । उनी पुनः विवादमा तानिएकी छन् । उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेकाे छ । उनी एक राष्ट्रिय मिडिया नेटवर्कको वार्षिक समिटमा गेस्ट स्पिकरको रूपमा उपस्थित भएर दिएकाे अभिव्यक्तिका कारण अहिले पुन: विवादमा तानिएकी हुन् । उनले बाेल्ने क्रममा भारतको स्वतन्त्रतालाई ‘भिखको संज्ञा’ दिएकी थिइन् ।

साेही अभिव्यक्तिका कारण उनी अहिले विवादमा परेकी हुन् । कतिपयले त उनलाई देशद्रोहीको आरोप नै लगाएका छन् । यही आराेप लगाउँदै उनीविरुद्ध आम आदमी पार्टीकी राष्ट्रिय सदस्य प्रीती शर्माले मुम्बर्य प्रहरीमा उजुरी दर्ता गराएकी छन् । हालसालै कंगनाले पाएको पद्यश्री अवार्ड फिर्ता लिन बलिवुड कलाकार तथा राजनीतिक दलहरूले माग गरेका छन् । कंगनाको समर्थन गर्ने भारतीय जनता पार्टीेसमेत यसपटक उनको विरोधमा उत्रिएको छ ।

 

प्रतिकृया दिनुहोस्