×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले गिरीको पार्थिव शरीरमा झण्डा ओढाएर गरे अन्तिम बिदाइ

देउवाले गिरीको पार्थिव शरीरमा झण्डा ओढाएर गरे अन्तिम बिदाइ

काठमाडौँ- प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा पुगेर देउवाले गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका अर्पण गरेका हुन्। 

गिरीको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय सानेपा राखिएको छ। गिरीलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेता, आफन्त तथा शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन्। गिरीको अन्तिम बिदाईका लागि सयौँ कार्यकर्ता पार्टी कार्यालय पुगेका छन्।

प्रतिकृया दिनुहोस्