काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।
महानगरका करिब ३०० नगर प्रहरी सुकुम्वासी बस्ती हटाउन परिचालित भएका छन् । स्थानीयले उनीहरूमाथि ढुंगामुढा गरेका छन् । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।