सांसद पद कायम गराई कामकाज गराईपाउँ भन्दै दायर गरिएको पूर्वमाओवादी नेताहरुको रिट आज हेर्न ‘नभ्याइने सूची’मा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहनेगरी माओवादी केन्द्रले कारबाही गरेपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलगायतका पूर्वमाओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।
सांसद पद पुनःबहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका नेताहरुले केही समयअगाडि माओवादी नै अवैधानिक भएको दाबी गर्दै खारेजीका माग गर्दै निर्वाचन आयोग पुगेका थिए ।