×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेका पूर्व सभासद तामाङसहित १२ जना ५ दिनको म्याद थप भएपछि हिरासतमा

एमालेका पूर्व सभासद तामाङसहित १२ जना ५ दिनको म्याद थप भएपछि हिरासतमा

काठमाडौँ- नेकपा (एमालेको पूर्व सांसद तथा सिभिल बैंकको समेत पूर्व अध्यक्ष रहेका इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष तामाङ सहितका १२ जनालाई ५ दिनको म्याद थप गरेर प्रहरीले हिरासतमा राखेको हो ।

बैंकमा निक्षेपकर्ताले जम्मा गरेको रकम हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष तामाङ तथा काठमाडौं महानगरपालिका–१६ वतन भएका उक्त को(अपरेटिभका संचालक समितिका अध्यक्ष ६२ वर्षीय केशवलाल श्रेष्ठ, काठमाडौं महानगरपालिका–१२ वतन भएका ६२ वर्षीय सहजकर्ता प्रबन्धक ६२ वर्षीय भगवान बहादुर सिंह, काठमाडौं कीर्तिपुर नगरपालिका–९ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ५० वर्षीया मायोनानी महर्जन, भक्तपुर नगरपालिका–११ वतन भएकी जुनियर असिसटेन्ट मेनेजर ४४ वर्षीया एलिना तुलाधररहेका छन् । त्यसैगरी झापा घर भएका जुनियर अधिकृत ४५ वर्षीय शंकरप्रसाद पाठक, काभ्रे वतन भएका असिसटेन्ट २५ वर्षीय संगित श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका–९ वतन भएका लेखा अधिकृत ३३ वर्षीय राकेश महर्जन, काठमाडौ बुढानिलकण्ठ नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–७ घर भएका जुनियर सहायक प्रबन्धक ४० वर्षीय बुद्धराज तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ वतन भएका जुनियर सहायक प्रबन्धक ३७ वर्षीय कौस्तुभ केतन ढुंगाना, नुवाकोट विदुर नगरपालिका(२ वतन भएका सिभिल होम्सका वरिष्ठ प्रबन्धक ४३ वर्षीय विजय विक्रम शाह र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने मकवानपुर चित्तलाङ घर भएका पूर्व लेखा समिति सदस्य४६ वर्षीय हरिहर लामिछाने रहेका छन् ।

प्रतिकृया दिनुहोस्