×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राप्रपाले पनि सक्यो ५४ जिल्लाको अधिवेशन

राप्रपाले पनि सक्यो ५४ जिल्लाको अधिवेशन

काठमाडौं- देशका राजनीतिक दलहरुलाई महाधिवेशनको चटारो परिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ५४ जिल्लामा आफ्नो अधिवेशन सिध्याएको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनका लागि राप्रपाले ५४ जिल्लामा निर्वाचन सम्पन्न गरेको हो ।

क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको बताइएको छ । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको निर्वाचन समितिले जनाएको छ। स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्